प्रदेश १ मा पर्ने १४ जिल्ला मध्येको एक उदयपुर जिलला दक्षिणतर्फ चुरेको फेदीमा रहेको तराई क्षेत्रसंग जोडिएको समथर भू(भाग, भावर, त्यसको उत्तर तर्फ क्रमश चुरेको अति कोमल संवेदनशिल पर्वत, चुरे तथा महाभारत श्रृंखला बीचको भित्रि मधेश हुदैं उत्तर तर्फ महाभारत श्रृंखलासम्म फैलिएको छ । विषम धरातल, उचाई तथा हावापानीको कारणले गर्दा विभिन्न प्रकारको जीवजन्तु, बनस्पति तथा पारिस्थितिकीय प्रणालिको विविधता पाइन्छ । प्राकृतिक वन सम्पदाको दृष्टिकोणले धनी यस जिल्लामा करिब ६० प्रतिशत वन जंगल रहेको छ ।